×

TUNGOON

अमेरिकाद्वारा नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग



काठमाडौं । कात्तिक २८ गते
आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले कोरोनाविरुद्धको लडाईंका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले प्राप्त भेन्टिलेटर शुक्रबारबाटै सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७÷७ वटाका दरले वितरण गरिने र बाँकी रहेका भेन्टिलेटर हरेक सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने जानकारी दिनुभयो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पु¥याउने उहाँले बताउनुभयो । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको उल्लेख गर्नुभयो । भेन्टिलेटरका अतिरिक्त अमेरिकाले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको जानकारी दिइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला