×

TUNGOON

सञ्चारकर्मीले भोग्नुपरेको पारिश्रमिक लगाएतका समस्या समाधानका लागि पहल गर्ने :पार्वत गुरुङ



काठमाडौं । कात्तिक २८ गते
नेपाल पत्रकार महासंघ अन्र्तगतको साना लगानी मिडिया हक हित प्रवद्र्धन तथा संरक्षण समितिले सञ्चारकर्मीले भोग्नुपरेको पारिश्रमिक लगाएतका समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले शुक्रबार सञ्चारमन्त्री पार्वत गुरुङलाई १३ बुदे ध्यानाकर्षणपत्र बुझाउदै विभिन्न सञ्चारमाध्यमले निष्कासन गर्ने, र बरोजगार बनाउने काम गरेको भन्दै समस्यामा परेका सञ्चारगृहलाई पुर्नबहाली र पारिश्रमिक उपलब्ध गराउने वातावरण मिलाउन पहल गर्न माग गरेको हो ।त्यस्तै समितिले स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढंगले वितरण गर्ने वातावरण मिलाउनुनपर्ने भन्दै ध्यानकर्षण गराएको छ भने प्रदेशस्तरमा सञ्चारग्राम बनाउने कार्यक्रम यथाशिघ्र पहल गर्न पनि माग गरेको छ ।

समितिको ध्यानकर्षण पत्र बुझ्दै सञ्चारमन्त्री गुरुङले पारिश्रमिक लगाएतका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाले भूकम्प कोरोना लगाएतका बेला सञ्चारकर्मीले गरेको योगदानलाई सरकारले बिर्सन नसक्ने भन्दै श्रमजीविहरुले भोग्नुपरेका समस्या समाधानका लागि काम गर्ने आश्वासन दिनुभयो ।उहाले संक्रमित सञ्चारकर्मीहरुको सरकारले निःशुल्क र प्राथमिकताका साथ उपचार गर्ने व्यवस्था मिलाइने जिकिर गर्नुभयो । महासंघ अन्तर्गतको समितिले सञ्चारकर्मीले खरिद गर्ने सञ्चार समाग्रीमा अनुदानको व्यवस्था गर्न आग्रह गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला