×

TUNGOON

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख नाघ्यो



काठमाडौं । कात्तिक २९ गते
भारतमा एकै दिन ४५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४५ हजार ३४३ जना नयाँ संक्रमित थपिएका हुन । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८७ लाख ७३ हजार २ सय ४३ पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा भारमा ५३९ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख २९ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ८२ हजार ५५१ जना रहेका छन् । भारतमा हालसम्म ८१ लाख ६१ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् । त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् ।

जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड १० लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ८३ हजार ५२७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ४९ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३९५ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ ३७ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १३ लाख ९ हजार ४०८ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला