×

TUNGOON

अज्ञात समूहद्वारा हेलो नेपालको टावरमा आगजनी



काठमाडौं । कात्तिक २९ गते
बोगटान फुड्सिल गाउँपालिका–५ डोटीको धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा भिषण आगलागी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको अनुमान छ ।
–––


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला