×

TUNGOON

विश्वभर कोरोनाका कारण १३ लाख ४३ हजार भन्दा बढीको मृत्यु



काठमाडौं । मंसिर ३ गते
भारतमा एकै दिन ३८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ३८ हजार ५३२ जना नयाँ संक्रमित थपिएका हुन । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ४७२ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३१ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ४८ हजार ६६० जना रहेका छन् । भारतमा हालसम्म ८३ लाख ३३ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड १६ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ५७ हजार २६१ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ५४ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६१५ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ ५९ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १३ लाख ४३ हजार ३७८ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला