Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं । मंसिर ३ गते
नेपाली सुन चाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।आज छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार १ सय रुपैयाँ कायम भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कारोबार भैरहेको छ भने मंगलबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।