×

TUNGOON

नेपालमा आज थप १ हजार ४४२ जनामा कोरोना पुष्टि



काठमाडौं । कात्तिक ३ गते

नेपालमा आज थप १ हजार ४४२ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ४४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

संक्रमितहरुमा काठमाडौंका ८२२ भक्तपुरका ४८ र ललितपुरका १६८ गरि १ हजार ३८ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ९१७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालस्म्म नेपालमा १२५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा थप ३ हजार ५३८ संक्रमित जना निको भएका छन् भने हालसम्म १ लाख ८२ हजार ७८० जना निको भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।प्रवक्ता गौतमका अनुसार हाल आइशोलशनमा २८ हजार ८७८ जना रहेका छन् भने क्वारेन्टाइनमा ९१० जना रहेका छन् । हालसम्म १६ लाख २३ हजार ७५४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला