×

TUNGOON

थापाथलीमा निःशुल्क खाना खुवाउन सुरु


काठमाडौं । कात्तिक ३ गते
खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई काठमाडौं महानगरले रोक लगाएपछि अभियान्ताहरुले थापाथलीमा खाना खुवाउन सुरु गरेका छन् ।

द हन्ड्रेड गु्रप लगाएतका संघ संस्थाले बुधबारबाट काठमाडौंकै थापाथलीमा रहेको खुल्ला स्थानमा निःशुल्क खाना खुवाउने अभियान निरन्तरता दिएका हुन् । थापाथलीमा पनि उनीहरुले बिहान र बेलुका गरि दुई समय खाना खुवाएका छन् ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो।नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण भने महानगरले नै गर्ने बताइएको छ । सक्षम तथा काम गर्न सक्नेका लागि काम दिने र नसक्ने लाई निःशुल्क खाना खान खुवाउने नीति रहेको महानगरले बताउदै आएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला