Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं । मंसिर ४ गते
यूईएफए नेसन्स लिग फुटबलमा आइसल्याण्डमाथि इंग्ल्यान्डले सहज जित हात पारेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्यान्डले आइसल्याण्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरेका थिए । मासन माउन्ट र डिक्लान राइसले एक एक गोल गरेका थिए।

खेलको २० औं मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन । खेलको २४ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्ड २–० को अग्रता बनाउन सफल भएको थियो । त्यस्तै ५४ औं मिनेटमा बिर्किर सेभर्सनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो खेलको ८० औं मिनेटमा फोडेनले गोल गर्दा इंग्ल्यान्ड ३–० अगाडी बढेको थियो । त्यसपछि खेलको ८६ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४–० को सहज जित दिलाउन सफल भएका थिए । जितसँगै लिग ’ए’ समूह बीको इंग्ल्यान्डले ६ खेलमा १० अंक जोडेको छ भने आइसल्याण्डले ६ खेलमा अंक जोड्न सकेको छैन