×

TUNGOON

सिनेमा हल खुल्न नसक्दा यसक्षेत्रमा सरोकारवालाहरु मर्कामा


काठमाडौं ।मंसिर ४ गते
कोरोनाका कारण बन्द भएको लामो समयबित्दा सिनेमा हल खुल्न नसक्दा यसक्षेत्रमा सरोकारवालाहरु मर्कामा परेका छन् ।कोरोना संक्रमणको त्रासका कारण बन्द भएका प्रायः अधिकांश क्षेत्र खुला भइसक्दा पनि नेपालका सिनेमा हलहरुभने अझै बन्द रहेका हुन् ।

सरकारले बन्द रहेका सिनेमा हल खोल्न अनुमति नदिएका कारण यस क्षेत्र थप धरासयी बनेको सरोकारवालाहरुको भनाई छ । चलचित्रकर्मीहरुले दसैँअगाडि नै सिनेमा हल खोल्न सरकारसमक्ष आग्रह गरेका थिए । लामो समयसम्म हल नखोलिदा करोडौं लगानी डुव्ने अवस्थामा पुगेको हल सञ्चालकहरुले गुनासो गरेका थिए ।

त्यस्तै सिनेमा हल खुल्न नसक्दा निर्माण भएका चलचित्र रिलिज हुन सकेका छैनन् । सबै क्षेत्र खोलिएको अवस्थामा अब सिनेमा क्षेत्र पनि खोलिनुपर्ने चलचित्र विकास बोर्डको माग छ । कम्तिमा ५० प्रतिशतभन्दा माथि अकुपेन्सीमा सिनेमा हल सञ्चालन गर्न पाउनुपर्ने, निर्माता संघले नयाँ सिनेमा रिलिज गर्दा लगानीको २० प्रतिशत रकम निर्मातालाई सरकारले दिनुपर्नेलगायत माग बोर्डले अघि सारेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला