Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं । मंसिर ५ गते
भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँ दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागु गरिएको छ । पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागि हुन पाउने गरि नियम लगाइएको हो ।

भारतको राजधानी सहर समेत रहेको दिल्लीमा कोभिड—१९ को तेस्रो लहर चलेको छ । संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई २ हजार जरिवाना लगाउने निर्णय गरेको हो । दिल्लीका दिल्ली सरकारले कोरोना महामारी बढेपछि बढी भीडभाड हुने बजारहरुमा लकडाउन गर्ने प्रस्ताव पहिल्यै नै गरिसकेको छ छ । सार्वजनिक क्षेत्रमा छठ पर्व मनाउन पनि रोक लगाइएको छ ।

त्यसैगरि वैवाहिक समारोहमा यसअघि २ सयजनाको भेलालाई अनुमति दिइएकोमा अब भने ५० दुई हप्ताको अवधिमा दिल्लीमा १ हजार २०२ जनाको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५ लाख ३ हजार ८४ पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९४३ पुगेको छ ।