Spread the love
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares


काठमाडौं । मंसिर ६ गते
भारतमा एकै दिन ४६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४६ हजार २८८ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९० लाख ५० हजार ६१५ पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा भारमा ५६२ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३२ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ४१ हजार ९५२ जना रहेका छन् । भारतमा हालसम्म ८४ लाख ७५ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् । त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् ।

जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख १ हजार ८३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ६० हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९५१ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ ७९ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १३ लाख ७७ हजार ५८४ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।