Spread the love
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares


काठमाडौँ । मंसिर ६ गते
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणलाई कम गर्न जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ बिषयक छलफल कार्यक्रममा उहाले जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यस्तै उहाले कोरोनाको उपचारका लागि खोप कहिले आउने भन्ने यकिन भइनसकेको अवस्थामा कोरोना रोक्न सवैले सचेतना अपनाउनुपर्ने उल्लेख गर्नुभयो । तिमिल्सिनाले राजनीतिक भविश्यमाथि समेत बलियो आधार तयार गर्नका लागि राजनीतिक दलहरुले कोरोना नियन्त्रणका लागि भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा परिचालन गरि सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो ।त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले घर घरमा स्वास्थ्य सेवा पुराउनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

कोरोना उपचारका लागि आवश्यक अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने लगाएतका काममा सरकार लागिपरेको उहाले बताउनुभयो ।मन्त्री ढकालले कोरोन संक्रमण रोकथामका लागि सरकारले हरसम्भव प्रयास गरेको दावी पनि गर्नुभयो ।