Spread the love
  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares


काठमाडौं । मंसिर ७ गते
भारतमा एकै दिन ४५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४५ हजार २९५ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ४९९ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३३ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ४२ हजार ६ सय जना रहेका छन् । भारतमा हालसम्म ८५ लाख २० हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड २४ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ७२ हजार ८३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ६१ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४६० जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ ८४ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १३ लाख ८६ हजार ५७० पुगेको वोल्डोमिटर्सले जनाएको छ ।