Spread the love
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares


काठमाडौं । मंसिर ७ गते
तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आइतबारदेखि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले श्रीसदनको उद्घाटन गरेसंंगै आइतबारबाट नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आइतबारबाट नै श्रीसदन सर्वसाधारणहरुले अवलोकन गरको जानकारी दिनुभयो । दाहालले कोरोना जोखिमलाई मध्यनजर गर्दै सङ्ग्रहालय भित्र प्रवेश गर्दा स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाइएको बताउनुभयो ।

सङ्ग्रहालय प्रवेशका लागि नेपाली नागरीकका लागि दुई सय बिद्यार्थीका लाथि रु ५० , चीन र सार्क राष्ट्रका नागरिकलाई ५०० र अन्यलाई रु एक हजारको दस्तुर कायम गरिएको उहाले जानकारी दिनुभयो ।उहाले नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक क्षेत्रमा अझै पुननिर्माणको कार्य जारी रहेको पनि बताउनुभयो । त्यस्तै श्रीपेज लगाएतका अन्य भवन सङ्ग्रहालयको आकर्षणको केन्द्र रहेको र अध्ययनका लागि पनि उपयुक्त हुने उहाले बताउनुभयो ।दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।