×

TUNGOON

भारतमा एकै दिन ४४ हजार भन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । मंसिर ८ गते
भारतमा एकै दिन ४४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४४ हजार ४०४ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९१ लाख ४० हजार ३१२ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५१० जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३३ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ४५ हजार ९५ जना रहेका छन् । भारतमा हालसम्म ८५ लाख ६१ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड २५ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ३६ हजार ६२७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ६२ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ८६६ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ ८९ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार ६७१ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला