×

TUNGOON

आज देशभर १ हजार ९८० जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौं । मंसिर ८ गते
आज देशभर थप १ हजार ९८० जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १९८० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ भने हालसम्म १ हजार ३३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।त्यस्तै नेपालमा थप तीन हजार ४३ जना कोरोनामुक्त भएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । नेपालमा हाल १८ हजार ८८४ जना आइशोलेशनमा छन् भने ६२९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १६ लाख ७० हजार ४५६ वटा पिसिआर गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला