×

TUNGOON

विश्वभर कुल कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो



काठमाडौं। मंसिर १० गते
भारतमा एकै दिन ४४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४४ हजार २७६ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ४८९ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३४ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ४५ हजार ८५१ जना रहेका छन् । भारतमा हालसम्म ८६ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड २९ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ७५ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ६५ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १८७ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ६ करोढ १ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १४ लाख १४ हजार ८६८ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला