×

TUNGOON

पत्रकार तथा नेपाल प्रवासी तामाङ समाजको पुर्व सन्चार विभागिय प्रमुख प्रेम स्याङ्तानलाई आर्थीक सहयोग


तामाङ समाज नेपालको आयोजनामा काठमन्डु, बौद्ध, छिमेकी क्याफेमा नेपाल प्रवासी तामाङ समाज कतारकोले पत्रकार तथा नेपाल प्रवासी तामाङ समाजको पुर्व सन्चार विभागिय प्रमुख प्रेम स्याङ्तानकी छोरी प्रेरणा स्याङ्तान तामाङको उपचारको लागि नगद रु. ५५,५६० (अक्षेरुपी पचपन्न हजार पाच सय पचास रुपैया मात्र ।) बिरामीको बुवा प्रेम स्याङ्तानलाई मङ्सिर ९ गते नगद आर्थीक सहयोग हस्तान्तरण गरेको थियो । पत्रकारकी छोरी २०७७ साल साउन ३२ गते मामा घरमा उम्लिरहेको दुग्धमा परी सख्त गाईते भएको थियो भने १ महिना १ हप्ताको हस्पिटल बसाइ पछी हाल घरमै उपाचार भाई रहेको छ ।


नेपाल प्रवासी तामाङ समाज कतारले बिगतको दिनहरुमा पनि यस्तै समाजिक कार्यहरु गर्दै आईरहेको छ । प्राकृतिक प्रकोपमा परेको देखी लिएर अशाय, दिन-दुखीहरुलाई समाज कतारले नगद तथा अत्याबश्यक समाग्रीहरु दिई नेपाली जनमानसमा सहयोग गर्दै आई रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला