×

TUNGOON

विश्वभर कोरोनाका कारण १४ लाख भन्दा बढीको मृत्यु



काठमाडौं । मंसिर १२ गते
भारतमा एकै दिन ४३ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४३ हजार १७५ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९३ लाख ९ हजार ८७१ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ४९१ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३५ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ५६ हजार ४१० जना रहेका छन् । भारतमा हालसम्म ८७ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ८ हजार ६३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ६९ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३०६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ६ करोढ १३ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १४ लाख ३७ हजार ८३५ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला