Spread the love
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares


काठमाडौं । मंसिर १२ गते
गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २ जना घाइते भएका छन्।इस्मा –४ दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, इस्मा गाउँपालिका ४ हुलमा १९ वर्षीय फर्सुराम थापा, र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको छ ।

दुर्घटनामा २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत भने सकुशल छन्। घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।