×

TUNGOON

आज नेपालमा थप १७०३ जना कोरोना संक्रमित थपिए



काठमाडौं । मंसिर १२ गते
आज नेपालमा थप १ हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज दिउँसो अध्यावधिक गरेको विवरण अनुसार १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालको कुल कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ। आज १ हजार २३६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ। आज कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट १ हजार ४३५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला