×

TUNGOON

जाडो मौसममा स्वास्थ्यको ख्याल कसरी राख्ने,यस्ता छन् घरेलु उपायहरु


काठमाडौं । मंसिर १२ गते
मंसिर लागेसंगै मौसमा हवात्तै चिसोपन बढेको छ । सामान्यत हरेक बर्ष यस्तो चिसो मौसम आउने गर्दछ, तर चिसो जब बढछ यसले विरामीको संख्या पनि हवात्तै बढाइदिन्छ । यतिवेला रुघाखोकी, ज्वरो,निमोनिया मात्र होइन, दम, बाथ रोगले पनि उत्तिकै दुख दिने गर्दछ ।

जाडोले विशेष गरि बालबालिका र बृद्धबृद्धालाई सताउने गरेको भएपनि चिसोबाट बच्न सकिएन भने जुनसुकै उमेरका मानिसलाई पनि रोगले सताउन सक्छ । चिसोमा कारोना संक्रमणका बिरामी बढ्न सक्ने आँकलन समेत विज्ञहरुले गरेका छन् । तर यो वैज्ञानिक तथ्य भने होइन । चिसोकै कारण बिरामीहरु अस्पतालसम्म धाउन थालिसकेका छन । विज्ञहरुका अनुसार जाडो मौसममा मर्निवाक जानु राम्रो होइन । बिहानको चिसोले सिधै छातीमा असर पुग्ने भएकाले घरमै बस्नु उत्तम मानिन्छ । मोटरसाईकल चलाउदा पनि छातीमा असर नपर्ने गरि बाक्लो र न्यानो कपडा लगाउन उनीहरुको सुझाव छ ।

विशेषगरि जेष्ठ नागरिक र साना केटाकेटी चिसोको मारमा पर्ने गरेका छन् ।त्यसो त चिसोबाट बच्न सबै उमेर समूहकाले सावधानी अपनाउनु पर्ने हुन्छ ।जाडोकै कारण बर्षेनी कतिपय नागरिकको ज्यान जाने गरेको छ । श्वासप्रश्वासको समस्या हुनेहरुलाई यो मौसम खतरा नै मानिन्छ । यो मौसममा अन्य रोगसगैं बालबालिकालाई हुने कोल्ड डाइरिया बढि देखिने गरेको साथै डिपे्रसनको सम्भावना पनि रहेको चिकित्सकहरु बताउँछन् । जाडोबाट जोगिन तथा स्वस्थ रहन बिहानको चिसोमा हिड्डुल गर्न नहुने,न्यानो कपडा लगाउनु पर्ने,तातो र झोलिलो खानेकुरा बढि मात्रामा खानु पर्ने,मौसमी फलफुल र भिटामिन सि युक्त फलफुलमा खानु पर्छ । जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यक रूपमा मुखमा हात राख्नुहुँदैन। नाक र आँखा मिच्ने गर्दा पनि रोग सर्न सक्छ। दिनमा धेरैपटक साबुनपानीले हात धुनुपर्छ।

जाडोमा दैनिक १२ गिलास पानी पिउन चिकित्सकले सल्लाह दिन्छन्। जुस, लस्सी, दूधजस्ता तरल पदार्थ पिउँदा पनि लाभदायक हुने चिकित्समक बताउँछन्।चिसोमा ज्वरो र रुघा लाग्दैमा औषधि सेवन गर्न हुँदैन। सकभर बाफ लिएर घरेलु विधिबाटै रोग नियन्त्रण गर्न सकिन्छ। यसले रोग छिट्टै निको भए पनि शरीरलाई हानि गर्ने भएकाले सामान्य अवस्थामै औषधि खाने बानी गर्न हुँदैन। चिसोबाट बच्न तेलको मालिस उत्तम उपाय हो। शरीरलाई गरम गराइराख्ने उपयुक्त प्रविधि भएकाले तिल, जैतुन र तोरीको तेलले शरीरमा मालिस मालिस गर्नुगर्छ। तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुका साथै शरीरलाई न्यानो पनि बनाइराख्ने चिकित्सक बताउँछन्। बिहानको घाममा तेल लगाई मालिस गर्दा स्वास्थलाई फाइदा पुग्छ। घाममा बस्दा जाडोबाट सुरक्षित हुनुका साथै भिटामिन डी पाइन्छ। जाडो याममा शरीर अल्छी हुने भएकाले घाम ताप्नाले शरीरमा स्फूर्ति आउँछ। जाडो मौसममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ।

सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ। यसले शरीरभित्र चिसो पस्नबाट जोगाउँछ। बिहान शारीरिक अभ्यास गर्नु राम्रो हो तर जाडो मौसममा बिहान शारीरिक अभ्यास गर्न घरबाट बाहिर निस्कनु उपयुक्त हुुँदैन । घाम निस्किएपछि एक्सरसाइज गर्नुपर्छ । स्वस्थ रहन तातो खाना खानुपर्छ ।एकैपटक धेरै खानुभन्दा थोरैथोरै खाइरहनुपर्छ । तातो सूप पर्याप्त पिउनुपर्छ । यसले शरीर तातो राख्छ भने रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । ग्रिन तथा ब्ल्याक टी पिउनुपर्छ । यसबाट पनि पर्याप्त राहत मिल्छ ।ाडोमा छोकडाको सेवन बढाउनुपर्छ । यसले शरीर तातो बनाउनुका साथै जाडोबाट जोगाउँछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला