×

TUNGOON

आज नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौं । मंसिर १३ गते
आज नेपालमा थप १ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ११ हजार १८६ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। आज थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला