×

TUNGOON

चीनियाँ रक्षामन्त्री वेई फेङ्हो नेपालमा, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर आजै फर्किने कार्यसुची



काठमाडौं । मंसिर १४ गते
नेपालको उत्तरी छिमेकी मुलुक गणतन्त्र चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हो आज एकदिने भ्रमणमा काठमाडौँ आउनु भएको छ । उहाँले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको छ ।

शनिबार बिहान चिनियाँ सरकारले उहाँको औपचारिक भ्रमणको घोषणा गरेको थियो । एक दिने भ्रमणमा फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा सुरक्षा निकायका प्रमुखसँग भेट्ने कार्यक्रम छ ।

सुरक्षा निकायमा भने विशेषगरी फेङ्हीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेट्नु हुने छ । चिनियाँ जनमुक्ति सेनाका प्रमुखसमेत रहेका रहनुभएका फेङ्ही आज नै नेपालबाट फर्किनुुहुने बताइएको छ ।२०७६ कात्तिक १ देखि ६ गतेसम्म चीनको भ्रमण गर्नुभएका उपप्रधान तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले उहाँलाई कात्तिक ३ गते नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । उहाँले निमन्त्रणालाई स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला