Spread the love
  • 16
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares


काठमाडौं । मंसिर १४ गते
भारतमा एकै दिन ४१ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४१ हजार ८१५ जना नयाँ संक्रमित थपिएका हुन । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९३ लाख ९३ हजार ३९ जना पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ४९५ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३६ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ५५ हजार १ सय ४५ जना रहेका छन् । भारतमा हालसम्म ८८ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ३६ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ६४ हजार १२ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ७१ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २१६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ६ करोढ २५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १४ लाख ५८ हजार ३०९ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।