×

TUNGOON

आज नेपालमा थप २५ जना संक्रमितको मृत्यु, १२ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौं । मंसिर १४ गते
आज देशभर थप १२ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४ सय ४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म २ लाख १२ हजार बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्त्े आज थप २५ जनाको मृत्यु भएको छ। यो सँगै कुल मृतकको संख्या १४ सय ७९ पुगेको छ। देशभर क्वारेन्टिनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९०९ जनाको उपचार भइराखेको छ। अहिलेसम्म नेपालमा १७ लाख २७ हजार ८३६ जनाको पीसीआर परीक्षण भएको छ। त्यस्तै आज काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला