×

TUNGOON

अमेरिकामा एकै दिन २ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु



काठमाडौं । मंसिर १७ गते


भारतमा एकै दिन ३६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ३६ हजार ४५६ जना नयाँ संक्रमित थपिएका हुन । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५ सय जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३८ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख २९ हजार ७५३ जना रहेका छन् । भारतमा हालसम्म ८९ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् । त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ८२ हजार १७२ ना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ७६ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६११ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ६ करोढ ४१ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १४ लाख ८६ हजार ६८८ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला