×

TUNGOON

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले जित



काठमाडौं । मंसिर १८ गते
च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले जित हात पारेको छ । गएराति राति भएको खेलमा युभेन्ट्ले डाइनामो क्युभ माथि ३–० गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन फ्रेड्रिको चिइसा, क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक–एक गोल गरेका थिए। खेलको २१ औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोल गरेको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । ५७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारका थिऐ ।६६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाएका थिए। जितसँगै युभेन्ट्सले लिगमा पाँच खेलबाट १२ अंक जोडेको छ । पराजित डाइनामोको एक अंक छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला