×

TUNGOON

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो



काठमाडौं । मंसिर १९ गते
भारतमा एकै दिन ३८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ३८ हजार ३०९ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९५ लाख ७१ हजार ७८० पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५७० सय जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ३९ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख १६ हजार ८६९जना रहेका छन् । भारतमा हालसम्म ९० लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ४५ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख १८ हजार ४२७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ८२ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ६ करोढ ५५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १५ लाख ११ हजार ९१५ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला