Spread the love
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares


काठमाडौं । मंसिर १९ गते
लण्डन क्लब टोटनहम युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । अन्तिम ३२ मा पुगिसकेको लेस्टर सिटी भने पराजित भएको छ ।समूह जे अन्तर्गत गएराति भएको खेलमा अष्ट्रियन क्लब एलएएकसकेसँग ३–३ को बराबरी खेल्दै टोटनहमले एक खेलअघि नै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

टोटनहमका लागि गारेथ बेल, हेउनमिन सन र डेली अलीले गोल गरेका थिए । घरेलु मैदानमा एलएएसकेका लागि पिटर मिचोरी, जोहाने एगेस्टेन र मामएडोउ कारामोकोले गोल गरे । कारामोकोले अन्तिम समयमा गोल गरेपछि खेल बराबरी भएको थियो ।बराबरीपछि ५ खेलबाट १० अंकसहित टोटनहम दोस्रो स्थानमा छ । समान अंकसहित रोएल एन्तवर्प शीर्ष स्थानमा रहेको छ । टोटनहमले अन्तिम खेलमा एन्तवर्पसंग खेल्नेछ र उक्त खेल जितेमा समूह विजेता बन्नेछ । यस्तै एलएएसके ७ अंकसहित तेस्रो स्थानमा छ ।