Spread the love
  • 24
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares


काठमाडौं । मंसिर २० गते
राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै राजधानीको माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मध्यान्ह माइतीघरमा राजावादीको बृहद् प्रदर्शनको तयारी छ ।

सो प्रदर्शनका क्रममा अप्रिय घटना हुन नपाओस् भन्ने उद्देश्यले सुरक्षा निकायले विशेष सतर्कता अपनाउँदै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । प्रदर्शनका क्रममा राजावादीहरु विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड र राष्ट्रिय झण्डासहित माइतीघरतर्फ भेला हुने क्रम जारी छ।
केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला तथा जुलुस नगर्न आग्रह गरेको थियो ।