×

TUNGOON

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि टोटेनहमको जित



काठमाडौं । मंसिर २२ गते
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २(० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरेका थिए ।टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो ।खेलको १३ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाएका थिए । केनको पासमा सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।त्यसपछि पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाएका थिए । केनको गोलमा सनले पास उपलब्ध गराएका थिए ।जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ ।

आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ । त्यस्तै प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।एनफिल्डमा दर्शक सहितको खेलमा लिभरपुलले प्रभावशाली जित आत्मसाथ गरेको हो ।खेलको २४ औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिरभपुललाई अग्रता दिलाएका थिए । जोर्डन हेन्डरसनको लामो बलमा उल्भ्सका डिफेन्डर कोनर झुक्किएपछि सालाहले सुरुवाती अग्रता दिलाएका थिए ।हेन्डरसनकै पासलाई सदुपयोग गर्दै विजनाल्डमले ५८ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे ।माटिपले ६७ औं मिनेटमा लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए ।

खेल सकिन १० मिनेट अघि निल्सन सिमिडोले आत्मघाति गोल गरेपछि लिभरपुलले फराकिलो अन्तरको जित निकाल्यो ।जितसंगै लिभरपुलले शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी गरेको छ । दुवै टिमको समान २४ अंक छ ।टोटेनहमले आईतबारमात्र आर्सनललाई २–० ले पराजित गरेको थियो । उल्भ्स १७ अंक सहित तालिकाको १० औं स्थानमा छ । उल्भ्स पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड भन्दा २ अंकले मात्र पछि छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला