×

TUNGOON

आज देशभर १ हजार १४ कोरोना भाइरस संक्रमित



काठमाडौं । मंसिर २२ गते
आज देशभर १ हजार १४ कोरोना संक्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ हजार १४ लाई कोरोना पोजेटिभ देखिएको हो । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ लाख २७ हजार ४३३ जना निको भएका छन् । २४ घण्टामा १६२८ संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६१४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ । यस्तै पाँच सय २७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४२ जना कोरोना संक्रमित भेटिएका छन् ।काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएकामध्ये १८८ जना महिला र २५४ जना पुरुष रहेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला