×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा बृद्धि, कती पुग्यो तोलाको ?



काठमाडौं । मंसिर २३ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा एक हजार ५ सयले बृद्धि भएको छ । आज सुन प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला