×

TUNGOON

अमेरिकामा एकै दिन २ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु



काठमाडौं । मंसिर २३ गते
भारतमा एकै दिन ३२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ३२ हजार ६७ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९७ लाख ३५ हजार ९७५ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ४०४ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४० हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ७९ हजार ७७१ जना रहेका छन् । भारतमा हालसम्म ९२ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ५५ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख ८ हजार जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ९३ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९१३ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ६ करोढ ८५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १५ लाख ६३ हजार १३० पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला