×

TUNGOON

आज सुनको मुल्यमा ९ सयले गिरावट



काठमाडौं । मंसिर २५ गते
नेपाली सुनचाँदी बजारमा आज सुनको मुल्यमा प्रतितोला ९ सयले गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४ सयमा कारोवार भएको थियो। यस्तै आज तेजाबी सुनसमेत प्रतितोला ९ सयले ओरालो लागेको छ। बुधबार प्रतितोला ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य मा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २ सयमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको महासङ्घले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला