×

TUNGOON

प्रधानमन्त्री ओली लाई भट्टराईको प्रस्ताव, भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने सबै काण्डको निष्पक्ष छानबिन गर्नु आग्रह



काठमाडौं । मंसिर २५ गते
प्रधानमन्त्री केपी शर्मा ओली सरकार भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमान्दार नभएको पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आरोप लगाउनु भएको छ ।

आज सामाजिक सञ्जाल ट्विटरमा पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीले भन्दै आएको ‘म भ्रष्टाचार गर्दिनॅ अरूलाई पनि गर्न दिन्न’ भन्ने कथनलाई लोक कथासँग तुलना गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न’भन्दा सबैले सुनेको कथामा बालकले पुलिसलाई– ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन भनेजस्तो सुनिएको टिप्पणी गर्नु भएको छ । उहाँले प्रधानमन्त्री ओली सरकार भ्रष्टाचार नियन्त्रणमा साच्चै इमान्दर हो भने यती, ओम्नी सेक्युरिटी प्रिन्टिङ, वाइडबडी बुढीगण्डकी लगायतका काण्डको निष्पक्ष रुपमा छानविन गर्न प्रस्ताव गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला