×

TUNGOON

विश्वभर कुल कोारोना संक्रमितको संख्या ७ करोड र मृतकको संख्या १६ लाख नाघुयो



काठमाडौं । मंसिर २७ गते
भारतमा एकै दिन ३० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ३० हजार ३४ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९८ लाख २७ हजार २६ पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा भारमा ४ सय ४० जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४२ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ६० हजार ५७२ जना रहेका छन् । भारतमा हालसम्म ९३ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् । त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख ४६ हजार ५३० जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म ३ लाख २ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार १९ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोढ १४ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १६ लाख १ हजार १९० पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला