×

TUNGOON

मुख्य कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएपछि नारायणी टिमको नेतृत्व सुवास खकुरेलले गर्ने



काठमाडौं । मंसिर २७ गते
मुख्य कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएपछि गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणी टिमको नेतृत्व सुवास खकुरेलले गर्ने भएका छन् । यसअघि नारायणी टिमको कप्तानी पारस खड्काले गर्ने तय थियो ।

तर शुक्रबार गरिएको परिक्षणमा पारसलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।पारस नभएपछि टिमको नेतृत्व सुवास खकुरेलले पाउने भएका हुन् ।सुवासको कप्तानी रहने टिममा करण केसी, किशोर महतो, सुशन भारी, सहाब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश र बिबेक यादव रहेका छन् ।

शनिबारको उद्घाटन खेलमा नारायणी टिमले ज्ञानेन्द्र मल्ल कप्तानीको बागमतीसंग खेल्दैछ ।भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुन लागेको प्रतियोगितामा तीन टिम समावेश छन् ।प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन गरिनेछ । मैदानको पिच र मौसम अनुसार टी–ट्वान्टी ढाँचामा खेलाउन लागिएको प्रतियोगितालाई भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला