×

TUNGOON

विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोड २६ लाख नाघ्यो



काठमाडौं । मंसिर २९ गते
भारतमा एकै दिन २७ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा २७ हजार ३३६ जना नयाँ संक्रमित थपिएका हुन । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९८ लाख ९३ हजार ८४ हजार ७१६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ३३८ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४३ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ५३ हजार ७ सय १५ जना रहेका छन् । भारतमा हालसम्म ९३ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ६७ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ८७ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ६ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३७९ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोढ २६ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १६ लाख १८ हजार ९१३ पुगेको वोल्डोमिटर्सले जनाएको छ


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला