×

TUNGOON

सर्लाहीकोमा आइतबार राति कपडा गोदाममा आगलागी हुँदा १ करोड बराबरको क्षति



काठमाडौं । मंसिर २९ गते
हरिवन नगरपालिका सर्लाहीकोमा आइतबार राति १२ः४० बजे कपडा गोदाममा आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ।

हरिवन नगरपालिका वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा १ करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो। घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला