×

TUNGOON

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जित, प्रिमियर लिगमामा लिभरपुल बराबरीमा रोकियो


आर्सनल पराजित

काठमाडौं । मंसिर २९ गते
स्पेनिस ला लिगा फुटबलमा गए राति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि जित हात पारेको छ । घरेलु मैदानमा लियोनल मेस्सीको निर्णायक गोलमा बार्सिलोनाले लेभान्टेलाई १–० गोल अन्तरले हराएको हो ।बार्सिलोनाका लागि खेलको ७६ औँ मिनेटमा मेस्सीले गरेको गोल नै निर्णायक बनेको थियो । जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८ औँ स्थानमा छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८ औँ स्थानमा रहेको छ ।

त्यस्तै प्रिमियर लिगमामा साविक विजेता लिभरपुल फुलहमसँग १(१ को बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा मोहम्मद सालाहले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका हुन् ।घरेलु मैदानमा २५औं मिनेटमा बबी रेइडले गोल गर्दै फुलहमलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेपनि दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्कायो ।७९औं मिनेटमा सालाहले पेनाल्टीमार्फत लिभरपुलका लागि गोल गरे । अबाउबाकर कर्माले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा सालाहले गोल गरे ।बराबरीपछि लिभरपुलले टोटनहमलाई पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लने मौका गुमायो ।त्यसअघि टोटनहम पनि क्रिस्टन प्यालेससँग १(१ कै बराबरीमा रोकिएको थियो । ह्यारि केनको गोलबाट टोटनहमले पहिले अग्रता लिएपनि जोफ्रे स्कल्पले ९ मिनेट बाँकी छँदा प्यालेसका लागि बराबरी गोल गरेका थिए । बराबरीपछि १२ खेलबाट लिभरपुल र टोटनहमको समान २५ अंक छ । तर गोलअन्तरमा टोटनहम अघि रहँदै शीर्ष स्थानमा छ ।जेम्स म्याडिसनको दुई गोल मद्दतमा ब्राइटनलाई ३(० ले पराजित गर्दै लेस्टर सिटी तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदान म्याडिसनले २७औं र ४४औं मिनेटमा गोल गरेका थ्एि । यस्तै जेमी भार्डीले ४१औं मिनेटमा एक गोल गरेका थिए ।जितपछि १२ खेलबाट २४ अंक जोड्दै लेस्टरले साउथह्याम्पटन र चेल्सीलाई पछि पारेको हो भने टोटनहम र लिभरपुलसंग अंकदूरी १ मा झारेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला