×

TUNGOON

आजदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी रुपमा सरकार विरुद्ध सडक प्रदर्शनको थालनी गर्दै


थालनी गर्दै
काठमाडौं । मंसिर २९ गते
आजदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी रुपमा सरकार विरुद्ध सडक प्रदर्शनको थालनी गरेको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध सडक आन्दोलन गर्न लागेको हो । कांग्रेसका शीर्ष नेताहरु विभिन्‍न जिल्लामा खटिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ भने नेता रामचन्द्र पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र नीधिले भक्तपुर, महामन्त्री डा.शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषा, गगन थापाले कैलाली, केन्द्रीय सदस्य चन्द्रभण्डारी नुवाकोट, केन्द्रीय सदस्यद्वय एनपी साउदले अछाम, प्रदीप पौडेल कञ्चनपुर, केन्द्रीय सदस्य शंकर भण्डारी सिराह, सुरेन्द्र पाण्डे रुपन्देही, विरबहादुर बलायर डोटी, कल्याण गुरुङ नवलपरासी, धनराज गुरुङ स्याङजाको विरोधसभालाई सम्बोधन गर्दैछन्। त्यस्तै रामहरि खतिवडा इलाम, नैनसिंह महरले दोलखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुने छ ।बाँकी केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रमका लागि पुगिसकेका छन् ।आइतबार एक अपिल जारी गर्दै सभापति देउवाले प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गर्नु भएको थियो । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ ।

मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस भएको भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताएका छन् । भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा काँग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाले बताएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला