×

TUNGOON

आज सुनको मूल्यमा सामान्य गिरावट


आज सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं मंसिर २९ गते
आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । लगातार तीन दिनस्थिर रहेको सुनको मूल्य आज प्रतितोला १ सयले ओरालो लागेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला १ सयले घटेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९५० मा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ०५० मा कारोबार भएको थियो । यस्तै,आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २ सय मा कारोबार भएको थियो । आज पनि चाँदी १ हजार २ सयमा नै कारोबार भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला