काठमाडौं । मंसिर ३० गते
आज नेपाली सुन चाँदी बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुनको मुल्य तोलामा १ सयले घटेर ९२ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ८५० कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने केहीदिन देखि स्थिर रहेको छ । केहीदिन यतादेखि चाँदी प्रतितोला १ हजार २ सयमा कारोबार भइरहेको छ ।