×

TUNGOON

अमेरिकामा एकै दिन १ लाख भन्दा बढी कोरोना संक्रमितको मृत्यु



काठमाडौं । मंसिर ३० गते
भारतमा एकै दिन २१ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा २१ हजार ७९१ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९९ लाख ६ हजार ५०७ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ३ सय ५३ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४३ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ४० हजार ९२९ जना रहेका छन् । भारतमा हालसम्म ९४ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ९८ हजार ६४७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ८ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६१९ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोढ ३१ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १६ लाख २७ हजार ९७७ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला