काठमाडौं । पुस २ गते
गए राति भएको खेलमा लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । टोटेनहमलाई २–१ ले हराएर लिभरपुल शीर्षस्थानमा पुगेको हो ।
साविक विजेता लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरेका थिए । टोटेनहमका ह्युङ मिन सनले गोल गरेका हुन । लिभरपुलसँग हारेको टोटेनहमको ११औं खेलमा अपराजित यात्रा टुङिगएको छ ।जितपछि शीर्षस्थानमा रहेको लिभरपुलको २८ अंक छ । हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।