×

TUNGOON

अमेरिकामा एकैदिन ३ हजार भन्दा बढीको मृत्यु, २ लाख ४८ हजार भन्दा बढी संक्रमित थपिए



काठमाडौं । पुस २ गते
भारतमा एकै दिन १८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १८ हजार १६४ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९९ लाख ५१ हजार ७२ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ३ सय ५७ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४४ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ३ लाख १७ हजार ४४द्द जना रहेका छन् । भारतमा हालसम्म ९४ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख ४८ हजार ६८६ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख १४ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोढ ४५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १६ लाख ५५ हजार २८२ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला