×

TUNGOON

जाडोयाममा एलर्जीबाट बच्ने घरेलु उपायहरु



काठमाडौं । पुस २ गते
जाडो याममा धेरैलाई एलर्जीको समस्या हुने गर्दछ । चिसोमा लगातार नाक बग्नु, हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एलर्जीको संकेत हुन्। सामान्यतया, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ, जसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिटै असर गर्दछ ।

हेर्नुहोस् चिसोको एलर्जीको लक्षणहरु नाक चिलाउने,आँखा चिलाउने, रातो हुने, आँखाबाट पानी बग्ने, आँखा सुन्निने( पोल्ने,लगातार हाच्छिँउ आउने,नाकबाट सिगान बग्ने, नाक बन्द हुने,खोकी लाग्ने, दम बढ्ने,टाउको भारी हुने, शरीर दुख्ने,घाँटी खसखसाउने वा खोकी लाग्ने, छाला रातो हुने, चिलाउने,कानमा समस्या देखिने, कान सुन्ने क्षमतामा कमी आउने,मुख वरिपरि सुन्निने,खाना निल्न समस्या हुने आदि यसका लक्षणहरु हुन ।

यसबाट बच्चनका लागि हामिले चिसोमा बाहिर निस्कदा नाक मुख छोपर हिड्ने, मास्क लगाएर मात्र बाहिर निस्कने, आफुले प्रयोग गर्ने कपडा ओच्छ्यान ओसिलो हुनबाट जोगाउन समय समयमा घाममा सुकाउने,सरसफाइ गर्दा भ्याकुम क्लिनरको प्रयोग गर्ने, सरसफाइ गर्दा भ्याकुम क्लिनरको प्रयोग गर्ने, घरमा जनावर छन् भने तिनको रौंबाट बच्ने, घरमा जनावर छन् भने तिनको रौंबाट बच्ने, सकेसम्म घर पालुवा जनावरबाट टाढै रहने, हरियो सागपात फलफूलहरु राम्ररी पखालेर मात्रै खाने, एकै पटक तातोचिसो नखाने आदि हुन।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला